राष्ट्रपति पौडेलले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर राष्ट्रपति पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् । बर्न अस्पतालको सघन उपचारकक्षमा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् ।

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *