शान्दार मःम पसलमा भएको ग्यास विस्फोटका थप एक घाइतेको मृत्यु, सातको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटका थप एक घाइतेको मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु गएराति मृत्यु भएको हो । लामासहित मृत्यु हुनेको संख्या चार पुगेको छ ।

ग्यास सिलिण्डर विष्फोटमा परी ११ जना घाइते भएका थिए । अन्य घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अभियन्ता उज्वल विक्रम थापाले घाइते साता जनाको अवस्था अझै गम्भीर रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *