काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । क्यानले शनिबार राष्ट्रिय पुरुष टोलीको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।
२०७९ मा नियुक्त भएका मोन्टी देसाईको कार्यकाल सकिएसँगै क्यानले नयाँ प्रशिक्षकको आवेदन खुलाएको हो । फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।