नेपाल सुपर लिगको अक्सन फाल्गुन १० गते हुने

काठमाडौं । नेपालको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको अक्सनको मिति तय भएको छ । नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्ट प्रा.लि.का अनुसार एनएसएलको अक्सन आगामी फागुन १० गते हुने भएको हो ।

अक्सनमा यसपटक सात टोलीले मात्र सहभागिता जनाउनेछन्  । सहभागी टोलीमा झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरहेका छन् ।

स्पोर्टिङ डी इलाम र वीरगन्ज युनाइटेडले भने एकपटक प्रतियोगिताबाट हात झिकेका छन् । यसअघि पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा ९ टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *