काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले आगामी सातादेखि काठमाडौंमा हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । बिहीबार प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा गरिएको छ । २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडीले मौका पाएका छन् । कप्तान एन्जिला, अन्जना राना मगर र उषा नाथ गोल किपर हुन् ।
त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समीक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ चयन भएका छन् । मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।
फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् । डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।
फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदैछ ।