काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार तीन सयले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६५ तोकिएको महासङ्घले जनाएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार नौ सय तीसमा कारोबार भएको थियो ।
हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस दुई हजार नौ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासङ्घले जनाएको छ ।