च्याम्पियन्स लिगको प्लेअफमा बायर्न विजयी

एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको प्लेअफमा बायर्न म्युनिख विजयी भएको छ । बुधबार राति भएको प्लेअफको पहिलो लेगमा सेल्टिकलाई २-१ गोलले हराउँदै बायर्नले अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

सेल्टिक पार्कमा भएको खेलमा बायर्नलाई जित दिलाउन माइकल ओलिसे र ह्यारी केनले समान एक/एक गोल गरे । सेल्टिकको लागि डाइजेन माएडाले एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा ओलिसेले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४९ औं मिनेटमा किम्मिचको पासमा केनले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ७९ औं मिनेटमा माएडाले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न विजयी भएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग १९ फेब्रुअरीमा बायर्नको घरेलु मैदान एल्लिनाज एरिनामा हुनेछ ।

यस्तै गएरातिनै भएको अन्य खेलमा फेयेनोर्डले एसी मिलानलाई र बेन्फिकाले मानाकोलाई समान १-० गोलले हराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *