रेडक्रस खोटाङको सभापतिमा जोशी

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सकेका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका सभापति निर्वाचित भएका हुन् ।

१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन् । यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ । आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेकाछन् ।

समितिको मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपकोषाध्यक्ष अशोक आचार्य, उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी विजयी हुनुभएको छ । तीनजना महिला सदस्यमा जोशी इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भएका छन् । यस्तै, सदस्यमा गोपाल राई, पुस्विन खत्री र किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत र यामबहादुर निरौला विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *