पशुपतिनाथलाई गोवा राज्यका मन्त्री रानेद्वारा ३५ केजी चन्दन अर्पण

 

काठमाडौँ । पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराएका छन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उनले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए  ।

सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पशुपतिनाथका मूल अर्चक गणेश भट्टले रानेलाई विशेष पूजासमेत गराएका थिए । मूल अर्चक भट्टको पहलमा मन्त्री रानेले पशुपतिनाथलाई चन्दन चढाएका हुन् ।

गोवाका मन्त्री रानेले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेट गरी दुवै देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *