तनहुँ । तनहुँमा विद्यार्थीलाई तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोडिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठ पक्राउ परेकी हुन् ।
शिक्षिका सुष्माले कक्षा चारमा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई तातो पन्यूले गालामा डामेकी थिइन् ।
कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई गाली गरेको भन्दै शिक्षिकाले पन्यूले डामेकी हुन् । घटनापछि प्रहरीले शिक्षिका श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।