फेरि हमासविरुद्ध आक्रमण सुरु गर्ने इजरायलको तयारी

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने चेतावनी दएिका हुन् । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा नगर्ने बताएपछि नेतन्याहुको यस्तो भनाई आएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बन्धक रिहा गर्ने  हमासलाई शनिबारसम्मको समय दिएका छन् । उनले शनिबारसम्म बन्धक रिहा नगरे युद्धविराम अन्त्य हुने र त्यो हमासले सोचेभन्दा फरक हुने बताइसेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौतापछि दुवै पक्षले बन्धक आदानप्रदान गरिरहेकोमा गत शनिबार हमासले बन्धक रिहा नगरेपछि फेरि युद्धको अवस्था उत्पन्न हुन लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *