काठमाडौं । गायिका समीक्षा अधिकारीले गायिका एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन् ।
एलिनाले पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायिका अधिकारीले सामाजिक संजालमार्फत एलिनाको प्रंशशा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ। सलाम छ । बहिनीका रुपमा म सधै तपाईंको साथमा रहिरहनेछु।’