काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले लाओको पनि जिम्मेवारी दिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।