बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् ।
हमासले बन्धक रिहा नगर्ने घोषणा गरेलगत्तै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीनजना अझै पनि गाजामा बन्धकका रूपमा छन् ।
यदि बन्धकहरू रिहा नभए नसोचिएको अवस्था देखा पर्ने ट्रम्पको चेतावनी थियो । ट्रम्पलाई के त्यसको अर्थ इजरायलले बदला लिनु पर्छ भन्न खोजिएको हो ? भनेर सोधिएको थियो। जसमा उनको जवाफ थियोः ‘तपाईँले पत्ता लगाउनु हुनेछ र उनीहरूले पनि पत्ता लगाउनेछन् । मेरो भनाइको मतलब के हो भनेर हमासले पत्ता लगाउने छ।’
इजरायली रक्षामन्त्री कात्सले आफूले इजराली सेनालाई ‘गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायहरूको सुरक्षाको लागि सतर्कताको उच्च स्तरमा तयार रहन’ आदेश दिएको बताए । ‘हामी अक्टोबर ७ को वास्तविकता फर्कन दिने छैनौँ,’ उनले थपे ।
इजरायली बन्धक अलोन ओहेलको २४औँ जन्मदिन मनाउन तेल अभिभमा मानिसहरू भेला हुनुभन्दा केहीअघि हमासको त्यस्तो घोषणा आएको हो । उनलाई सन् २०२३ को अक्टोबर ७ मा नोभा फेस्टिभलबाट बन्धक बनाएर लगिएको थियो । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ता फरहान हकले कमजोर युद्धविराम सम्झौतामा ‘कुनै पनि ढिलाइ’ समस्या बन्न सक्ने भन्दै यसमा संलग्न सबै पक्षहरू तय गरिएका सम्झौता र समयसीमा पालना गर्नु पर्नेमा जोड दिए।
इजरायलले आफ्नो दायित्व पालना गरेमा हमासले शनिबार हुने आदानप्रदानको “ढोका खुला रहने“ बताएको समाचार संस्था एएफपीले जनाएको छ । हमास प्रवक्ता अबु ओबेदाले इजरेलले विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र सहमति अनुसार मानवीय सहायतालाई अनुमति दिन असफल भएको आरोप लगाएका छन्।