मालीमा भएको आतङ्कवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु

डाकार । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको मालीको सशस्त्र बलले जनाएको छ।

एक धेरै हतियारधारी व्यक्तिहरू सम्मिलित आतङ्कवादी समूहले उत्तरी माली शहर गाओ नजिकै नागरिकहरूलाई सुरक्षा दिने काफिलेमा आक्रमण गरेको सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

उक्त आक्रमण मारिने अधिकांश विदेशी खानीमा काम गर्ने व्यक्ति रहेको बताइएको छ। आक्रमणमा तीनवटा नागरिक सवारी साधनमा क्षति पुगेको छ।

हालसम्म १९ हतियारधारी व्यक्तिको शव फेला परेको र चारजना लडाकूलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *