थ्री-स्टार आहा! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । थ्री स्टार क्लब पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । आइतबार दिउँसो भएको क्वाटरफाइनल खेलमा मछिन्द्र फूटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै थ्री-स्टार अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा थ्री-स्टार विजयी भएको हो ।

जितसँगै तीन पटकको च्याम्पियन थ्री-स्टार सेमिफाइनलमा पुग्दा मछिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ । अब थ्री स्टारले फाइनल प्रवेशको लागि फाल्गुन १ गते थन्डरबोल्ट नर्थ युनाइटेड, भारत र ब्ल्याक बुल्स उज्वेकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *