क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका धेरै देशहरूमा सुनामीको चेतावनी दिएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

अधिकारीहरूका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किलोमिटर) उत्तर र केम्यान टापुहरूबाट १३० माइल दक्षिण–पश्चिममा रहेको छ । कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरस, निकारागुआ र क्युबाको तट लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सुरुमा पोर्टो रिको र युएस भर्जिन टापुहरूका लागि सम्भावित खतराहरूको लागि सुनामीको चेतावनी दिइएपनि ४५ मिनेटपछि चेतावनी रद्द गरिएको छ ।

केन्द्रले त्यसक्षेत्रका बासिन्दालाई सतर्क रहन भने आग्रह गरेको छ । तर, केम्यान टापुको सरकारले त्यहाँका बासिन्दाहरूलाई सुनामीको खतरा रहेको चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *