रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडबीच बराबरी

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’ बराबरीमा सकिएको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडको लागि किलियन एम्बाप्पे र एथ्लेटिको म्याड्रिडको लागि जुलियन अल्भारेजले समान एक/एक गोल गरे । खेलको ३५ औं मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५०औं मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

बराबरीका बाबजुत म्याड्रिड २३ खेलबाट ५० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ भने समान खेलबाट ४९ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *