अलास्कामा बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

उक्त विमान पश्चिमी अलास्काको नोम शहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *