नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपाली युवा स्वदेश फिर्ता

काठमाडौं । दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपाली स्वदेश फर्केका छन् ।

नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा शुक्रबार नेपाल फर्केका हुन् । उनीहरु गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।

उनीहरुलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडीदिएको छ। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौँ आएका हुन् ।

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले सक्रिय भूमिका खेलेका थिए ।

यस्तै, उनीहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीलाई गैरआवासीय नेपाली संघले धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *