काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्यालले सरकारले पार्टी सभापतिमाथि प्रतिशोध साँधेकोमा सार्वभौम संसदले त्यसलाई समर्थन जनाएको आफूहरुलाई महसुस भएको बताएका हुन् ।
उनले भने,‘रास्पपा सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध त साँध्यो साँध्यो, तर सार्वभौम संसदले सरकारको रवैयालाई समर्थन गरेको महसुस भइरहेको छ । संसदले त्यस्तो नगरोस् । चौथो ठूलो दलको सभापतिमाथि सरकारले गरेका प्रतिशोधको मूल्य चुकाउनुपर्नेछ ।’
उनले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने भएकाले उहाँको निलम्बन फुकुवा गर्न सभामुखलाई आग्रह गरेका छन् ।