स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन सम्झौता

 

काठमाडौँ । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।

काठमाडौँमा बिहीबार  एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो । सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन मद्दत पुग्ने बताए । यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *