काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ११.६४ अङ्कले घटेर २ हजार ६ सय ९९.८१ विन्दुमा झरेको छ ।
आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पाेरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१५ वटा कम्पनीका १ करोड ८६ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।