भूकम्प र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणको कामको जानकारी दिन महामन्त्री थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा भइरहेका कामबारे सरकारसँग जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुननिर्माण गर्नुपर्ने आँकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको भन्दै स्रोत जुटाउने विषयमा भइरहेका कामबारे जवाफ माग गरेका हुन् ।

उनले भने, ‘हामी सुन्न पनि चाहन्छौँ र छलफलमा भाग लिन पनि चाहन्छौं । पुननिर्माण धेरै परको कुरा, दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन्। उदेकलाग्दो कुरा त क्षतिको विस्तृत लेखाजोखा (डीडीए) भर्खर मात्रै भएको छ ।’

उनले असोजको बाढीमा बगेका र भत्केका घरहरूको अस्थायी आवासका निम्ति मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले निर्णय गरे पनि कतिपयले पहिलो किस्ताको अनुदान नै नपाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *