रवि लामिछानेको सांसद पद फुकुवा गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद असीम साहले सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।

उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको जिकिर गरे । उनले भने, ‘रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य रहेको छ । संसद कुनै व्यक्तिको, कुनै दल विशेषको वा सत्ताधारीको निजी अखडा होइन । हामी सुसंस्कृतिक राजनीतिमा विश्वास गर्छौँ । संसदीय मर्यादालाई ध्वस्त पार्ने काम बदर गरियोस् र रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *