सामाजिक सञ्जालसम्बन्धि विधेयकमा सरकारले युवाको आवाज सुनोस्ः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाको विरोध भएकाले संवादबाट समाधान खोज्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडेन्टिटी कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ।’

उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई दबाउन नहुने बताइन् । उनले दुईतिहाइको दम्भ प्रयोग गरेर विधेयक अगाडि बढाउन खोजेको भन्दै आपत्ति जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *