पोखरा । मछिन्द्र फूटबल क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार दिउँसो भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २-० गोलले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो ।
पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा आदित्य र ८२ औं मिनेटमा स्टेफेनले गोल गरेका हुन् ।
अब मछिन्द्रले क्वाटरफाइनल खेलमा थ्री-स्टार क्लबको सामना गर्नेछ । पराजित एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
भोलि बिहीबार हुने खेलमा न्युरोड टिम(एनआरटी) र चर्च ब्वाज युनाइटेड खेल्नेछन् ।