काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरी छानबिन सुरु गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई सरुवा गरी छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।
साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछानेविरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनीमाथि छानबिन सुरु गरिएको हो ।
नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले जानकारी दिए । लुइँटेलको सरुवापछि चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।