त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालको लगातार चौथो हार

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलबार दिउँसो भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रनमात्र बनाउन सक्यो । नेपालको लागि रुविना क्षेत्रीले सर्वाधिक २६ कविता जोशीले २४, रोमा थापाले १९ र पुजा महतोले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यसअघि  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् ।

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *