बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । मंगलबार बिहान बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

राजकुमार एडवार्ड भने अर्को फ्लाइटमा आजै दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल भ्रमणमा क्रममा राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललाई आजै साँझ भेट्ने कार्यक्रम छ । सोफिया विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास पुगेकी छिन् ।

राजकुमार काठमाडौं आएपछि उनीहरू दुवैजना अपरान्ह चार दुवै जना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *