तीन लाख घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा शाखा अधिकृत प्रसाई, कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई तीन लाख रुपैयाँ घुस र रिसवत लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *