-राजेन्द्र थापा
जनता चाहँदैन मुकुम्लुङमा केबलकार बनोस् । सरकारले स्वीकृति दिइसकेकोले चन्द्र ढकालको कम्पनी केबलकार बनाउन लागिरहन्छ र सरकारसँग सुरक्षा मागेर जनतालाई हटाउनुपर्ने भन्छ । अब सरकारको नै काम हो समाधान गर्ने
तर
१. बलले अब काम बढ्दैन १०० प्रतिशत ग्यारेन्टी
२. गोलीले रोक्दैन । यहाँको गोलीले उठेको बिद्रोहलाई तेस्रो शक्तिले सहजै पहिचानको लडाईंमा बदल्दै त्यसपछि त्यसैभित्र स्वायत्त राज्य अनि अरु जाती बिस्थापन तथा हिंसा बढाउँदै जानेछ बाह्य शक्ति । त्यही बाह्य शक्ति जसले नेपालमा सामाजिक विभाजनको बिज रोपेर कुनै धार्मिक एजेन्डा लागू गरेको छ । तर अब भारत पनि यसमा रणनीतिक खेल खेल्न बाध्य हुनेछ ।
किनभने एक त पूर्वी भारतमा डेढ सय वर्षदेखि क्रिस्चियनहरू सफल भए । दुई आसामदेखि पूर्व चीन र इस्लामिक तथा वर्माली अन्तरद्वन्द्व र अवैध नागरिक प्रवेश तथा अपराध ।
३. बङ्गलादेशलाई इस्लामिक आतंक तथा सरिया राज्य बनाएर भारतको मुस्लिमलाई उत्तेजित गराई भारतलाई गजबाए हिन्दू अर्थात् मुस्लिम राष्ट्र बनाउने । सिलगुडी चिकेन नेक कब्जा गरेर पूर्वी भारत छुट्टै देश बनाउने चिनियाँ रणनीतिलाई बङ्गलादेशले पुर्याउने इस्लामिक उग्र आह्वान आइकेको छ । ग्रेटर सिक्किमको नक्सा आइरहेको छ । अर्थात् सेनले राज्य बनाउनुअघि सिक्किम लेप्चा राजाको राज्यको पश्चिमी सीमा लिखु ।
लिखु पूर्वका जनतालाई सिक्किमी रैति मानिन्छ ग्रेटर सिक्किम । ठिक उल्टा जब की हामी ग्रेटर नेपाल हाम्रो भन्छौं तर त्यहाँका जनता गढवाली कुमाउनीहरुलाई नेपाली मान्दैनौं । जनता माइनस जमिन हाम्रो भन्छौं तर ग्रेटर सिक्किम जनतासहितको भूमि ।
सारांश
जनतासँग कुरा मिल्ने विकल्प ल्याउने र मिलेन भने ढकालको कमिसन फिर्ता गरेर केबलकार अन्त डाइभर्ट प्लिज । दमक टावर वरिपरि गरे भो । बारहक्षेत्र पनि हुन्छ । इन्द्रताल वरिपरि गरे भो कमिसन किन फिर्ता गर्ने ? झ्यामोलोङ्मोमा यतीलाई जमिन दिएजस्तो सहज छैन यहाँ । पूर्वी नेपाललाई सिक्किममा मिलाउन सके भारतको चिकेन नेकको खतरा सदाका लागि हट्ने सोचमा भारत नहोला भन्ने मुर्खता कहिले पनि गर्दिन ।
लेखकः नेपाली सेनाका पूर्वरथी हुन् ।
