दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैनः अध्यक्ष नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले बुधबार आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए ।

अध्यक्ष नेपालले विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूलाई विद्यालयको आइएसओ प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रिन्सिपल डा कोजूले आज सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, देशप्रेमको भावना जगाउनुका साथै गुणस्तरीय शिक्षामा कटिबद्ध रहको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *