३९ खेलाडी महिला टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं । एन्फा अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको लागि ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षण फेब्रुअरी १ बाट शुरु हुनेछ । नेपालले घरेलु मैदानमा फेब्रुअरी १७ देखि २६ सम्म चार देश सम्मिलित फूटबल प्रतियोगिता खेल्नेछ  ।

नेपाली टोली :-

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, साबित्रा भण्डारी, रेखा, रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मियाँ, प्रतिक्षा चौधरी, सेमिहाङमा लिम्बु, मिना देउवा, पुष्पकुमारी खड्का, यशोदा शाही, ममता पुन र झुमा विश्‍वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *