एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७-१ गोलले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेजले दुई गोल गर्दा फ्रेन्की डी योंग, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान एक/एक गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको हो । भ्यालेन्सियाको लागि हुगो डुरोले सान्तवना गोल गरे ।
जितसँगै बार्सिलोना २१ खेलबाट ४२ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको भ्यालेन्सिया १९ औं स्थानमा रहेको छ ।