काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सात सदस्यले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न कार्यसमिति बैठक बोलाउनका लागि सामूहिक माग गरेका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र दुई उपाध्यक्ष विराटजंग शाही तथा दीर्घबहादुर केसी, सदस्यहरु रुपेश अधिकारी, रमेश ब्याञ्जनकार, रविन्द्र चन्द र पेमा लामा डोल्माले कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् ।
एन्फाको विधान अनुसार प्रत्येक वर्षमा चार पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहेपनि लामो समयसम्म कार्यसमिति बैठक नराखी एन्फा नेतृत्वले मनोमानी ढङ्गले विधान विपरित क्रियाकलाप गरिरहेको सात सदस्यहरुको आरोप रहेको छ ।
सदस्यहरुले बैठकका लागि विभिन्न आठ वुँदे एजेन्डा पनि राखेका छन् ।