२०८४ को आमनिर्वाचनको अहिले नै चर्चा आवश्यक छैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को आम निर्वाचनको अहिले नै चर्चा आवश्यक नभएको बताएका छन् ।

अइतबार मीनकुमारी राणा प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ को चुनावमा जाने बेलासम्म यसअघिका कांग्रेसका सरकारले गरेभन्दा धेरै काम गर्नुपर्ने बताएका हुन् ।

उनले आगामी निर्वाचनको मिति हेरेर काम नगर्ने छुट कसैलाई नभएको बताए । उनले भने, ‘संघ, प्रदेश र ३३० पालिका प्रमुख र वडाध्यक्ष जितेको कांग्रेसलाई गनगन गर्ने छुट छैन । हामीले त विपी, गिरिजाप्रसाद, मनमोहन अधिकारीहरुले छोटो अवधिमा गरेको भन्दा धेरै काम गर्नसक्नुपर्छ ।’

उनले अब जो प्रधानमन्त्री बने पनि युवाहरूलाई नयाँ अवसर सिर्जना गर्नेमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘देश चलाउँछु भन्ने मान्छेले पढेका मानिसहरूलाई नेपालमै गरिखान सक्ने व्यवस्थाका लागि प्रतिस्पर्धा गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *