एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।

उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *