बालयौन दुराचारको अभियोगमा मदन राई दोषी ठहर

काठमाडौं । बालयौन दुरुचारको अभियोगमा मदन राईलाई खोटाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर गरेको हो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईमाथि सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको जिल्ला अदालतका सूचना अधिकारी सुदीपकुमार भट्टराईले जानकारी दिए ।

राईमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ । मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुव्र्यवहादुर गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *