आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ : बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरुलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् ।

हेटौँडामा शनिबार  पत्रकारहरुसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताए ।

हेटौंडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गरे ।

मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलखारखाना स्थापना गरी रोजगारीका अवसरहरु सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *