सूर्य नेपाल वेस्टर्न ओपन प्रो-एमको उपाधि प्रो सञ्जयको टिमलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन अन्तर्गत प्रो-एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ ।

कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो। प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दीप्सन लामा र मनिष शेरचनलले समान ३६ स्कोर गरे। प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो । जयरामले ३५ तथा एमेच्योर लिलाजङ्ग गुरूङले ३४, तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गरे।

प्रो भुवन नगरकोटीको‌ टिम १३० स्कोरमा तेस्रो भयो। भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरु राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२र३२ अंक जोडे। महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरूङले बनाइन् । उनले ३० स्कोर गरिन् । लङगेस्ट ड्राइभको उपाधि पेम्बा शेर्या र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते ।

प्रो-एम ईभेन्टमा आज २० प्रोफेसनल गल्फर सहित कुल ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्र धारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जिवा राम गुरूङले पुरस्कार प्रदान गरे ।

हिजो सम्पन्न भएको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जिते । ५४-होलको प्रतियोगितामा निरजले १-अन्डर २०६ सहित उपाधि हात पारेका हुन् । २-ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो तथा ३-ओभर २१० स्कोरमा भुवन कुमार रोक्का तेस्रो भए। जयरामले १ लाख प्राप्त गरे तथा भुवनले ७५,००० जिते ।  कूल २ लाख ८८ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *