निःशुल्क खाना वितरणमा इन्डोनेसियाको नयाँ कीर्तिमान

जकार्ता । इन्डोनेसियाको निःशुल्क खाना वितरण कार्यक्रम ३१ प्रान्तका छ लाख ५० हजार स्कूले बालबालिकासम्म पुर्याएको राष्ट्रपति प्राबोवो सुब्यान्टोले बताएका छन् ।

“जनवरी देखि अप्रिल सन् २०२५ सम्म, कार्यक्रमले तीस लाख बालबालिकालाई लक्षित गर्ने लक्ष्य राखेको छ । अप्रिलदेखि अगस्ट सन् २०२५ सम्म यो ६० लाख बालबालिकामा पुग्ने छ । सबै इन्डोनेसियाका बालबालिकालाई पौष्टिक खानामा पहुँच हुनेछ,” प्राबोवोले भने ।

“यो एक रणनीतिक मुद्दा हो । हामी इन्डोनेसियाको भविष्यलाई बलियो बनाउँदैछौं । इन्डोनेसियाका बालबालिकाहरू बलियो, बौद्धिक, उत्साही र प्रभावकारी रूपमा विद्यालयमा उपस्थित हुन सक्षम हुनुपर्छ । मलाई विश्वास छ निकट भविष्यमा हामीले हाम्रा बालबालिकाको शैक्षिक प्रदर्शनमा सुधार देख्नेछौं,” उनले भने ।

जनवरी ६ मा सुरु भएको यो कार्यक्रमले विद्यार्थीलाई मात्र नभई गर्भवती महिला, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकालाई पनि समावेश गर्न आफ्नो दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *