काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्वन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा लोगो उद्घाटन गरिएको छ ।
बिहीबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको स्वागत समारोह र ‘सुखद चिनियाँ नयाँवर्षको उपलक्ष्य’मा मनमोहक शाङ्गाई उत्सव समारोहमा सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले संयुक्त रूपमा ७० औँ वर्षको लोगो उद्घाटन गरेका हुन् ।