रविलाई बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

जिल्ला अदालत रुपन्देहीे बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगीमा मुछिएका रवि बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए । अदालतमा उनको बयान भए पनि थुनछेक बहस भने बिहीबार मात्रै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *