रोनाल्डोको दुई गोलमा अल नासर विजयी

एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले साउदी प्रोमा सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा अल नासरले अल खलिजलाई ३-१ गोलले हराएको हो ।

भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा सुल्तान अल घनामले एक गोल गरे ।अल खलिजको लागि कोस्टान्टिनोस फोर्टोउनिसले एक गोल गरे ।

जितसँगै अल नासर १६ खेलबाट ३२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २३ अंक जोडेको अल खलिज आठौँ स्थानमा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *