धरानमा खानेपानी माग्दै हर्क साम्पाङ खानेपानी मन्त्रालयमा, रित्तो गाग्री भने खोस्यो प्रहरीले

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगेका छन् । रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका साम्पाङलाई प्रहरीले गाग्री भने नियन्त्रणमा लिएको थियो ।

धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका छन्। । खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ। यसअघि सोमबार पनि उनले रित्तो गाग्री लिएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *