एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले वोल्भ्सलाई ३-१ गोलले हराएको हो ।
स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टोसिन अडाराबियो, मार्क कुकुरेला र नोनी माडुकेले समान एक/एक गोल गरे । वोल्भ्सको लागि म्याट डोहेर्टीले एक गोल गरे ।
जितसँगै चेल्सी २२ खेलबाट ४० अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक जोडेको वोल्भ्स १७ औं स्थानमा रहेको छ ।