काठमाडौं । भारतमा भएको खो-खो विश्वकप-२०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको नेपाली पुरुष र महिला टोलीलाई भव्य स्वागत गरिएको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतका पदाधिकारी विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालको दुवै पुरुष र महिला टोली आइतबार बेलुकी भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । नेपालले इतिहासमा कुनैपनि खेलको विश्वकपमा मेडल प्राप्त गरेको यो पहिलोपटक हो ।
तस्बिर:- राखेप