पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालय उच्च अदालत गएको छ ।
जिल्ला अदालत कास्कीबाट भएको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत गएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्चमा निवेदन दर्ता भएको जानकारी दिइन् ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाइसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मिना गुरुङसँग ५ लाख, कृष्णबहादुर गुरुङसँग् एक लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको थियो । जिल्लाको आदेशमा सातै जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।