संसद अधिवेशन र संसदको ‘विजनेस’काबारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबर भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसदको ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ । संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *